शनिबार, साउन २५, २०८२

कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद निलम्बन भएको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद निलम्बन भएको छ। गत चार मंसिरमा सम्पन्न निर्वाचनमा उनी मनाङबाट निर्वाचित भएका थिए। 

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जनाएको हो।

गुरुङ बिहीबार सांसद पदको शपथमा भने सहभागी भएका थिए। गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको छ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ।

अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ। गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ। 

प्रकाशित: Dec 27, 2022| 17:34 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...