आइतबार, साउन २६, २०८२

को हुन् प्रचण्ड सरकारका यी सात मन्त्री?

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार ८ सदस्सीय मन्त्रीमण्डल गठन गरेका छन्।  सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। 

यो मन्त्रीमण्डलमा तीन जना उपप्रधानमन्त्री बनेका छन्। माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन्।

जनमत पार्टीबाट अब्दुल खानले शपथ लिएका छन्। एमालेकी ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राईले पनि मन्त्रीका रूपमा शपथ लिएका छन्। उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन।

एमाले उपाध्यक्ष विष्णु पौडेल दोस्रोपटक अर्थमन्त्री बनेका छन्। उनकै नेतृत्वमा एमाले सरकारमा गएको हो। २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल स्कुल पढ्दापढ्दै भूमिगत राजनीतिमा होमिएका थिए। २०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका थिए। त्यतिबेला ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि उनले जेल विद्रोह गरेका थिए।

२०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि हाल अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए। नेकपा महासचिव पौडेल संसदीय राजनीतिमा ०५१ सालबाट प्रवेश गरेका हुन्। उनी २०५१ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेर प्रतिनिधि सभा सदस्य बनेका थिए। 

२०५६ सालमा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ बाट ६०० मतले पराजित भएका थिए। पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृती मन्त्री समेत बनेका थिए। उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री र झलनाथ खनालको पालामा रक्षामन्त्री बनेका थिए। २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित भए। 

२०७२ मा ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रूपमा काम गरे उनले। र, अहिले फेरि अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दैछन्।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। श्रेष्ठ एकता केन्द्र मसाल हुँदै माओवादीमा प्रवेश गरेका हुन्। २०७६ माघ ९ मा श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए। 

यो पटकको निर्वाचनमा श्रेष्ठ प्रतिस्पर्धामा थिएनन्। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा श्रेष्ठ उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका थिए। श्रेष्ठ माओवादी भित्र राष्ट्रयताको वकालत गर्ने नेताका रूपमा चिनिन्छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्। उनी पहिलोपटक सांसद निर्वाचित भएर मन्त्री बनेका हुन्। रविको पार्टी ६ महिना अघिमात्र गठन भएको हो। २० सांसद पाएको रास्वपाले लामिछानेलाई संसदीय दलको नेता चुनेको थियो। उनी राजनीतिमा प्रवेश गर्नुअघि टेलिभिजन कार्यक्रम प्रस्तोता थिए। 

उनले प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने घोषणा गरेका थिए। प्रतिनिधिसभा निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने चितवन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ बाट ४९ हजार २६४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए।

जनमत पार्टीका अब्दुल खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका छन्। अब्दुल खान समानुपातिक सांसद हुन् भने जनमतका वरिष्ठ उपाध्यक्ष हुन्। ३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो। 

एमालेकी ज्वालाकुमारी साह पनि मन्त्री बनेकी छिन्। माओवादीबाट नेकपा हुँदै एमाले आएकी साह एमाले मधेश प्रदेशको अध्यक्ष समेत हुन्। यसअघि माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी साहले २०७८ जेठमा केपी ओली प्रधानमन्त्री हुँदा केही समय कृषि तथा पशुपक्षी मन्त्रीको भूमिकामा रहेर समेत जिम्मेवारी सम्हालिसकेकी छिन्।  

एमालेका दामोदर भण्डारी पूर्व राज्यमन्त्री हुन्। भण्डारी बैतडीबाट निर्वाचित सांसद हुन्। भण्डारीले लगातार तेस्रोपटक जितेका हुन्।

एमालेका राजेन्द्र राई धनकुटाबाट निर्वाचित सांसद हुन्। राईले कांग्रेसका सुनीलबहादुर थापालाई पराजित गरेका थिए। राई ओली निकट मानिन्छन्।


प्रकाशित: Dec 26, 2022| 17:05 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...