आइतबार, साउन २६, २०८२

रवि लामिछाने उपप्रधान र गृहमन्त्री, अर्थमा विष्णु पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन्। प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ।

 ‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,’ गठबन्धनको बैठकपछि उनले भने। 

एमालेले भने उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ। पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ। पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो।

उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन्। उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका छन्। एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन्।

उता पहिलोपटक सरकारमा जान लागेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएका छन्। 

पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए।

सत्ता गठबन्धनको बैठकपछि राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ, जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ।’ अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको थियो।

नेकपा माओवादी केन्द्रबाट भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने पक्का भएको छ। माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठ राष्ट्रियसभाका सांसद हुन्।

प्रकाशित: Dec 26, 2022| 16:07 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...