बुधबार, साउन २९, २०८२

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। 

राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। 

प्रचण्ड प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए।

नेपाली कांग्रेसको सत्ता साझेदार माओवादीले सरकारको नेतृत्वका लागि आजमात्रै एमालेलगायत दलसँग गठबन्धन गरेको हो। माओवादी र एमालेबीच अढाइ–अढाइ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गर्ने कार्यक्रम छ।





प्रकाशित: Dec 25, 2022| 18:10 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...