काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै प्रस्ताव दर्ता भएको हो।
प्रधानमन्त्रीका लागि अरु कसैको पनि प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छैन। २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ। प्रचण्डको पक्षमा १६६ सांसदको समर्थन रहेको बताइएको छ।
अब राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १७६ को उपधारा २ बमोजिम प्रचण्डलार्य प्रधानमन्त्री नियुक्त गर्नेछिन्।
आज दिउँसो एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो।