बुधबार, साउन २९, २०८२

बालकोटको ओतमा प्रचण्ड, बिरानो हुँदै बालुवाटार

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच नयाँ सरकारको नेतृत्व विषयमा सहमति नभएपछि विकल्पमा सरकार बनाउन बालकोटमा चार दलको भेला।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– चुनावअघि २० वर्षसम्म पाँचदलीय गठबन्धन कायमै रहने र प्रधानमन्त्रीमा शेरबहादुर देउवा सर्वस्वीकार्य हुने बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि बालुवाटार क्रमशः बिरानो बन्दै जान थालेको छनक देखिँदै छ।

आइतबार बेलुकी ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा घर्किनै लाग्दा राजनीतिले नाटकीय मोड लिएको छ। अब एमाले नेतृत्वमा माओवादी गठबन्धनमा सामेल हुनेछ। प्रचण्ड कांग्रेसलाई कुनै पनि हालतमा सत्ताको चाँबी नसुम्पिने र आफू प्रधानमन्त्री हुने अडानबाट टसमस नभएपछि गठबन्धनको औचित्य सकिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गरेका छन्।


प्रचण्ड बालुवाटार वार्ताले निकास नदिएपछि सधैं धारे हात लगाइरहने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा प्रधानमन्त्रीको बिन्ती बिसाउँदै याचना गर्न थालेका छन्। बालकोट निवासमा यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका दोस्रो अध्यक्ष अशोक राईले अध्यक्ष ओलीसँग आगामी सरकारबारे वार्तालाप गरिरहेका छन्।

सत्ता गठबन्धनमा ब्रेक लागेसँगै नयाँ सरकारको अंकगणित र आगामी दिशाबारे प्रचण्डले तीन वटै दलका नेतालाई बालकोटमा बिफ्रिङ गरेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो । त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो।

प्रकाशित: Dec 25, 2022| 14:50 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...