काठमाडौं- नयाँ बन्ने सरकारको नेतृत्वमा सत्ता गठबन्धनको सहयात्री कांग्रेससँग कुरो नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी र देव गुरूङसँगै एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन्।
आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा सहमति नभएपछि एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रचण्डसहितका नेता बालकोट पुगेका हुन्।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टा छुट्टै छलफलसमेत गरेका थिए।