काठमाडौं- सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै गठबन्धनको निरन्तरता चाहेको बताएका छन्।
बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँगको संक्षिप्त प्रतिक्रियामा कार्कीले आज फेरि केहीबेरमा गठबन्धनको बैठक बस्ने जानकारी दिए।
गठबन्धन मुलुकको आवश्यकता भएको उनको भनाइ छ। आज फेरि गठबन्धनको बैठक बस्ने उनको भनाइ छ। उनले पार्टीहरूमा आन्तरिक बैठक गरेर पुन: सत्ता गठबन्धनको बैठक बस्ने बताएका थिए।
आज बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भए पनि कुनै सहमति भएको छैन।