बिहीबार, साउन ३०, २०८२

'नयाँ सांसद, नयाँ गफाडीहरू'

चार मंसिरमा निर्वाचित भएर हालै शपथ ग्रहण गरेका नयाँ सांसदहरूप्रति बालेनले यस्तो टिप्पणी गरेका हुन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नवनिर्वाचित सांसदहरुप्रति कडा टिप्पणी गरेका छन्। चार मंसिरमा निर्वाचित भएर हालै शपथ ग्रहण गरेका नयाँ सांसदहरूप्रति बालेनले यस्तो टिप्पणी गरेका हुन्।

उनले आइतबार राति सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा लेखेका छन्
‘नयाँ सांसदहरू
नयाँ गफाडीहरू
उही पुरानो देश
उही पुराना व्यापारीहरू

बालेन र्‍यापर पनि हुन्। गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित नयाँ सांसदहरूले बिहीबारमात्रै शपथ लिएका छन्। यसपालिको निर्वाचनमा उल्लेख्य रुपमा नयाँ राजनीतिक दल र स्वतन्त्र उठेका नयाँ उम्मेदवारहरूले जितेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ। पाँच जना स्वतन्त्र उम्मेदवार पनि सांसद बनेका छन्।

मेयर बालेनले पनि स्वतन्त्र रुपमा उठेर मेयर जितेका हुन्। गत वैशाखमा भएको निर्वाचनमा उनी भारी मतले विजयी भएका थिए। २०४८ सालपछि काठमाडौंमा स्वतन्त्र उम्मेदवार भएर जित्ने उनी पहिलो मेयर हुन्।

स्थानीय निर्वाचनमा उनीसँगै धरान, धनगढी र अन्य केही पालिकामा पनि स्वतन्त्र उम्मेदवारले जितेका थिए।

प्रकाशित: Dec 24, 2022| 21:46 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...