बिहीबार, साउन ३०, २०८२

गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताएका हुन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन्।

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताएका हुन्। उनले भने, ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ, छिट्टै टुङ्गो लाग्नेछ र नयाँ सरकार गठन हुन्छ।’

पार्टी प्रवक्तासमेत रहेका महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग आवश्यक छलफल भइरहेको बताए।


प्रकाशित: Dec 24, 2022| 21:16 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...