काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदलाई बालुवाटार बोलाएका छन्। नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न दिउँसो १२:३० बजे बालुवाटारमा कांग्रेसका नवनिर्वाचित सांसदको भेला बस्न लागेको हो।
यसअघि पुस ६ मा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए। देउवाले आफू दलको नेतामा चुनीय पछि पहिलोपटक सांसदहरूसँग छलफल गर्दैछन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।