आइतबार, भदौ १, २०८२

बागमतीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन्। धादिङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिन लागेका हुन्।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुख्यमन्त्री पाण्डेले शुक्रबार पदबाट राजीनामा बताए। 

मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिनेबारेमा बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा समेत जानकारी गराइएको जनाइएको छ। नेपालको संविधानमा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा दिने व्यवस्था गरेको छ। 

मुख्यमन्त्रीको राजीनामापछि पद रिक्त भए पनि अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेसमेत संविधानमा व्यवस्था रहेको छ।   

प्रकाशित: Dec 23, 2022| 08:30 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...