आइतबार, भदौ १, २०८२

मधेश प्रदेशमा दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ।

बिहीबार जनकपुरमा बसेको कांग्रेस मधेश प्रदेश समितिको बैठकले दलको नेता चयन गर्न प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको हो। समितिको सदस्यद्वयमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दु कुमारी यादव रहेको कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरेको हो। निर्वाचन समितिले केहीदिन भित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने प्रवक्ता गुप्ताले बताए।

दलको नेताको लागि कांग्रेसका प्रदेशसभापति समेत रहेका प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव, निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र जनार्दन क्षेत्री दाबेदार छन्।

यस्तै बैठकले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरि गठवन्धनमा रहेका दलहरु लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय समेत गरेको छ। जसको लागि प्रदेश सभापति यादवलाई जिम्मेवारी दिएको छ।

प्रकाशित: Dec 23, 2022| 07:44 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...