काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले छलफललाई बढाएका छन्।
नेताहरूबीच प्याकेजमा सहमति खोज्नका लागि छलफल भइरहेको हो। बिहीबार बेलुकी भएको भेटमा पनि नेतात्रयबीच नयाँ सरकार गठनका लागि प्याकेसमा सहमति खोज्ने विषयमा छलफल भएको बताइएको छ।
बिहीबार भएको तीन नेताको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका बताइएको छ। हिजो साँझ बालुवाटारमा भएको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन्।
यसका साथै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने तीन नेताबीच सहमति भएको छ।