आइतबार, भदौ १, २०८२

माओवादी केन्द्रमा संसदीय दलको नेता चुनिए प्रचण्ड

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। 

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो। दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन्। 

उक्त पार्टीले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको सपथपछि संसदीय दलको नेता, सचेतक र उपनेता चयन गरेको हो।

प्रकाशित: Dec 22, 2022| 17:13 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...