काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार पनि सत्ता गठबन्धनभित्रैबाट बन्ने बताएका छन्। बिहीबार सांसदको सपथ लिन संसद् भवन पुगेका प्रचण्डले सञ्चारकर्मीलाई यस्तो बताएका हुन्।
उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो। शपथ पनि उत्साहसाथ सम्पन्न भयो। अब सरकार गठनका लागि नेतृत्व छान्न वार्तामा बस्छौं।’ प्रचण्डले आगामी दिनमा अहिलेकै गठबन्धनको सरकार बने पनि प्रधानमन्त्रीबारे निर्णय भइनसकेको जनाउ दिए।