काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको पार्टी कार्यालय सचिव प्रदीप पाठकले बताए।
लोसपाले संसद्को प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाउने भएको छ। लोसपाका प्रतिनिधिसभामा ४ सांसद छन्।