सोमबार, भदौ २, २०८२

राष्ट्रपति भण्डारीबाट ज्येष्ठ सदस्य पशुपतिशमशेरले लिए सपथ

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राणाले राष्ट्रपतिबाट सपथ लिएका हुन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ खुवाएकी छन्। बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राणाले राष्ट्रपतिबाट सपथ लिएका हुन्।

नागरिकताको प्रमाणपत्रका आधारमा ज्येष्ठ सदस्य राणाको जन्म २४ मंसिर १९९८ रहेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए।नागरिकताअनुसार नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्र राय यादव नवनिर्वाचित सांसदमध्ये सबैभन्दा जेठा छन्।

कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उनले सपथ गराउन अस्वीकार गरेका हुन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठा छन्। केसीको जन्म २० माघ १९९८ मा भएको थियो भने राणाको जन्म २४ मंसिर १९९८ मा भएको थियो।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

सभामुख चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ। राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सदस्यलाई बिहीबार दिनको १ बजे सपथ गराउने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले बताएको छ।

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको  मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Dec 21, 2022| 14:48 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...