काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संस्थापन इतर समूहबाट महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा सर्वसम्मत प्रस्ताव गरेकामा शेखर कोइरालालाई धन्यवाद दिएका छन्। मंगलबार होटल बसेरामा पुगेका महामन्त्री शर्माले पछिल्लो पुस्तालाई प्रस्ताव गर्ने कोइरालाको कदम स्वागतयोग्य रहेको बताए।
उनले कोइरालाले जस्तै संस्थापनबाट पार्टी सभापति शेरबहादुर देउवाले पनि संसदीय दलमा उम्मेदवारी दिन विकल्पको नाम अगाडि ल्याउने विश्वास व्यक्त गरे।
उनले भने, ‘यो संसदीय दलको नेताको प्रस्तावको विषय मात्र होइन। कांग्रेसका शुभचिन्तकले यसलाई पार्टीलाई बदलिएको सोच र समयअनुरूप बदलिएको दिशामा लाने खुड्किलोको रूपमा महसुस गरेका छन्।’ उनले पार्टीभित्र पक्ष–विपक्षमा रहेका सबै सांसदले थापालाई नै मतदान गर्ने विश्वास व्यक्त गरे।
‘निर्वाचनमा जहिले गणितको चर्चा हुन्छ। तर हिजो जो जहाँ भए पनि अब कांग्रेसका सांसदहरूले जनमत बुझेर मतदान गर्ने अपेक्षा छ,’ शर्माले भने।
उनले लोकतान्त्रिक अभ्यासको प्रक्रियासँगै परिणाम जे आए पनि त्यसपछि पार्टी एकढिक्का हुने दाबी गरे।
`पदबाहक´ धेरै हुनुन्छ, `अभिभावक´ चाहिएको छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 20, 2022
आशा राखौं उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि डा शेखर कोइरालाले झैं वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ l स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौं !