बुधबार, भदौ ४, २०८२

अन्ततः कांग्रेस संसदीय दलमा देउवा–गगनको भिडन्त

मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर कोइराला समूहको बैठकमा गगनलाई सभापति देउवासँग संसदीय दलको नेतामा भिडाउने समझदारी जुटेको हो।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– कांग्रेसभित्र संसदीय दलको नेताका लागि चलिरहेको माथापच्चीमा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा पार्टी सभापति शेरबहादुर देउवासँग लड्ने भएका छन्।

मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर कोइराला समूहको बैठकमा गगनलाई सभापति देउवासँग संसदीय दलको नेतामा भिडाउने समझदारी जुटेको हो। सोमबार बसेको बैठकमा शेखर वा गगन कसले देउवासँग संसदीय दलका लागि प्रतिस्पर्धा गर्ने भन्ने विषय टुंगिएको थिएन।

आजको भेलामा नेता शेखर कोइरालाले  प्रस्ताव गरेपछि महामन्त्री थापा संसदीय दल नेता उठ्ने पक्कापक्की भएको हो। १५औं महाधिवेशनपछि महामन्त्री थापासहितका नेता कोइरालाको साथमा रहँदै आएका छन्। थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहेपछि को उठ्ने भन्नेबारे निर्णय नहुँदा केही दिनदेखि संस्थापन इतर समूहको भेला बस्दै आएको थियो। 

आजै नेता कोइराला र महामन्त्री थापाले नवनिर्वाचित सांसद र केन्द्रीय सदस्यसँग संसदीय दलको नेतामा निर्वाचित गर्न छलफल गर्दै छन्। 

कांग्रेसभित्र संस्थापनमा पार्टी सभापति देउवा संसदीय दलका निर्विकल्प उम्मेदवार रहेका छन्। यद्यपि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंह प्रधानमन्त्रीको आकांक्षी देखिएका छन्। तर कोइराला समूहमा प्रधानमन्त्रीका आकांक्षी धेरै थिए। शेखर कोइराला, बीपी पुत्र शशांक कोइराला, गगन थापालगायतले संसदीय दलको नेता हुन रुचि देखाउँदै आएका थिए। महामन्त्री थापाले त निर्वाचित हुनासाथ संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारले ५१ हजार रुपैयाँ शुल्क तिरेर मनोनयन दर्ता गर्नुपर्नेछ। 

कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरूले बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दलको नेता चयन गर्नेछन्। कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो।

सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो। छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको बताइन्छ।

प्रकाशित: Dec 20, 2022| 12:33 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...