बुधबार, भदौ ४, २०८२

पशुपतिशमशेरले खुवाउने भए सांसदलाई सपथ

राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जबराले गणतन्त्र स्थापनापछि गठित संसद्मा निर्वाचित सांसदलाई सपथ खुवाउनेछन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– प्रतिनिधिसभाका २७५ सदस्यमध्ये सबैभन्दा जेठो सांसदका रूपमा राप्रपाका पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई सपथ खुवाउने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित जबराले नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि सांसदलाई ७ पुसमा सपथ गराउने भएका हुन्। 

‘निर्वाचित सांसदको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपतिशमशेर जबरा देखिनुभएको छ। त्यसैले उहाँलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपतिसमक्ष सपथका लागि सिफारिस गरिएको छ’, संसद् सचिवालयका एक अधिकृतले भने। जबराले राष्ट्रपतिबाट सपथ लिएपछि अन्य सांसदलाई सपथ गराउनेछन्। 

यसअघि महेन्द्र राय यादव, चित्रबहादुर केसी वा पशुपतिशमशेर जबरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो। विवादपछि संसद् सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्यको टुंगो लगाएको हो। राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जबराले गणतन्त्र स्थापनापछि गठित संसद्मा निर्वाचित सांसदलाई सपथ खुवाउनेछन्।

प्रकाशित: Dec 20, 2022| 11:09 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...