बुधबार, भदौ ४, २०८२

आज एमालेका नवनिर्वाचित सांसदको भेला

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ। एमाले जनताको रोजाईको पहिलो पार्टी नामको  विशेष कार्यक्रमको आज आयोजना गर्ने सो दलले जनाएको छ। कार्यक्रम दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा गरिने छ।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाईका साथै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए।  

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा एमाले पहिलो पार्टी बनेको उनले बताए। एमालेले प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित गराउन सफल भएको छ।  

कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, हरेक जनसंगठनबाट तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको सचिव विष्टले जानकारी दिए।

प्रकाशित: Dec 20, 2022| 06:28 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...