काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेतामा चयन गरेको छ। सोमबार बसेको नेकपा एसको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको पार्टी महासचिव वेदुराम भुसालले बताए।
बैठकले संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चयन गरेको छ। दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन भएको महासचिव भुसालको भनाइ छ।