शुक्रबार, भदौ ६, २०८२

आगामी सरकारमा सामेल हुने लोसपाको निर्णय

सोमबार काठमाडौंमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित बसेको पदाधिकारीको बैठकले सत्ता गठबन्धनको सरकारमा जाने निर्णय गरेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। सोमबार काठमाडौंमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित बसेको पदाधिकारीको बैठकले सत्ता गठबन्धनको सरकारमा जाने निर्णय गरेको हो। 

‘लोकतान्त्रिक समाजवादी पार्टी पहिले नै गठबन्धनमा संलग्न छ। सरकारमा जाने ठोस निर्णय गर्नैपर्दैन। तर नयाँ जनादेशपछि बसेको पदाधिकारीको बैठकले सरकारमा जानेबारे निर्णय लिएको हो,’ नेता केशव झाले भने। यसअघि ४ मंसिरको चुनावमा जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको थियो। 

झाले गठबन्धनको सदस्य घटक भएकाले सरकारलाई समर्थनसँगै सहभागी हुनेबारे कार्यकारिणी समितिको बैठकबाट आधिकारिकता दिइने बताए। लोसपाले अझेसम्म चुनावी समीक्षा गरिसकेको छैन। कार्यकारिणी समितिको बैठकले चुनावी समीक्षा गर्ने भएको छ।

निर्वाचन आयोगले चुनाव सबै परिणाम सार्वजनिक गरेपछि लोसपाको बैठक बस्ने बताइएको छ। ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभातर्फ ४ सिट जितेको लोसपा राष्ट्रिय दल हुन सकेन।

प्रकाशित: Dec 13, 2022| 13:57 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...