बुधबार, वैशाख १७, २०८२

हेटौंडामा नेपथ्यलाई न्यानो स्वागत

विराटनगर र वीरगन्जमा भव्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो स्वागत पाएको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

मकवानपुर- विराटनगर र वीरगन्जमा भव्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो स्वागत पाएको छ।

यो तेश्रो कन्सर्टमा भने ब्यान्डले उसको ‘मेन्यू’मा केही तलमाथि गरेको थियो। अघिल्ला दुवै आयोजनामा ‘भेँडाको ऊनजस्तो’बाट सुरु गरेको कन्सर्टभन्दा बेग्लै यसपाला अलिक सुस्त गतिको गीतबाट आफूलाई प्रस्तुत गर्यो। हेटौंडामा गाइएको प्रारम्भिक गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो।

‘आँगनै भरि हिउँ नै झरे

आरु फूल है टिपी राखनू’

स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो।

Metro Mart
worldlink

ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाइरहँदा पूर्णिमाको जूनले हेटौंडाको मनकामना डाँडाबाट आफूलाई बिस्तारै मास्तिर उकाल्दै लगेको मनोरम दृश्य देखिन्थ्यो।

ब्याण्डका गायक तथा अगुवा अमृत गुरुङको नजर पनि आकाशतिरै परेछ। ‘यो जुनेली रातलाई अझ रमाइलो बनाउनका निम्ति म तपाइँहरुलाई लमजुङ तर्फ लैजान चाहन्छु,’ उनले थपे, ‘म रोदीघर तिर तपाइँहरुलाई डुलाउन चाहन्छु।’

त्यसपछि उनले सुरुगरेः

‘खान्न म त लामपाते सुरती

लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो। ‘म धेरैपटक हेटौंडा आएको छु,’ अमृतले दर्शकहरुलाई सोधे, ‘के तपाइहरु पोखरा जानुभएको छ ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ ? धौलागिरि जानुभएको छ?’

दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा

हिउँको फूल धौलासिरिमा’

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए। घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए।

प्रकाशित: Dec 09, 2022| 09:00 शुक्रबार, मंसिर २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्