काठमाडौं- महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ। केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिवलगायत उपमहासचिव र सचिव रहेका छन्। कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ। मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो।