शनिबार, भदौ ७, २०८२

रवीन्द्र मिश्रले बुझाए निर्वाचन खर्च विवरण

हालै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– हालै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण उनले आयोगमा पेश गरेका हुन्।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दाभन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन्। २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका थिए।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ मा राख्ने बताएका छन्। 

मिश्र नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग १२९ मतले पराजित भएका थिए। 

प्रकाशित: Dec 06, 2022| 14:03 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...