शनिबार, भदौ ७, २०८२

एमालेसँगको सहकार्यबारे जसपाका दुई अध्यक्षबीच मतभिन्नता

सप्तरीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिएपछि संघीय परिषद् अध्यक्ष अशोककुमार राईले त्यसलाई यादवको व्यक्तिगत धारणा भएको बताएका छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)मा एमालेसँगको सहकार्यबारे मतभिन्नता देखिएको छ। सप्तरीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिएपछि संघीय परिषद् अध्यक्ष अशोककुमार राईले भने त्यसलाई यादवको व्यक्तिगत धारणा भएको बताएका छन्।

अध्यक्ष राईले भने, ‘यो अध्यक्ष उपेन्द्र यादवको व्यक्तिगत धारणा हो किनभने उहाँले नै सही गर्नुभएको कागजमा निर्वाचनपछि पनि एमालेसँगको तालमेल जारी रहन्छ भन्ने उल्लेख छ।’ अहिले आफू धरानमा रहेको र काठमाडौं फर्किएपछि यसबारे अध्यक्ष यादवसँग छलफल गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए। 

यस पटकको निर्वाचनले कुनै एउटा पार्टीलाई बहुमत नदिएको अवस्थामा कसरी जाने भनेर  पार्टीभित्रै छलफल जरुरी रहेको उनको भनाइ छ। एमालेसँग मिलेर जाने भन्ने सन्दर्भमा पार्टीभित्र कुनै मतभिन्नता नभएको र हिजो जे सहमति गरियो, त्यसलाई पार्टीभित्रै छलफल गरेर निर्णयमा पुगिने उनको दाबी छ।

एमालेसँग अध्यक्ष यादवले सहकार्य सकियो भनेको विषय व्यक्तिगत तवरबाट आएकाले बैठक बसेर छलफल गरिनुपर्ने उनको धारणा छ। एमालेसँग भएको सहमतिपत्रमा निर्वाचनको तालमेल र त्यसपछि  पनि सहकार्य हुने भन्ने रहेकाले पार्टी बैठकले यसबारे छिनोफानो लगाउने अध्यक्ष राईको भनाइ छ। अध्यक्ष राई एमालेसँगको गठबन्धनबाट  सुनसरी १ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन्। 

प्रकाशित: Dec 06, 2022| 11:54 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...