काठमाडौं– दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्।
कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।