आइतबार, भदौ ८, २०८२

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– प्रतिनिधिसभामा १२ वटा राजनीतिक दल सहभागी हुन पाउने भएका छन्। यीमध्ये ७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन्। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने कानुनी व्यवस्था छ। 

नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत प्राप्त गरेको छ। तर थ्रेसहोल्ड कटाउन हम्मेहम्मे देखिएको छ।

प्रत्यक्षतर्फ जित्ने राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेसहोल्ड कटाएका छैनन्।

प्रकाशित: Dec 04, 2022| 14:53 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...