काठमाडौं- सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।
दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो। बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ।
शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो।
आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेरअघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने एक नेताले बताए।
मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ। उसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ।