सोमबार, भदौ ९, २०८२

प्रधानमन्त्रीमा गगन थापालाई समर्थन : कांग्रेस महामन्त्री शर्मा

अबको प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने महामन्त्री शर्माको धारणा।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणाममा पहिलो शक्ति बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। शनिबार झापाको दमकमा आयोजित कार्यक्रममा उनले राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘राजनीतिक परिवर्तनको एजेन्डा होइन। अब हाम्रो पूरै ध्यान सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ।’ मुलुक रुपान्तरणका लागि सबै रुपान्तरित हुनुपर्ने आवश्यकता उनले औंल्याए।

झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा केही दिनदेखि गृहजिल्ला झापामा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन्। प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने उनको धारणा छ। उनले भने, मैले यसअघि बारम्बार पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता जनाइसकेको छु।’

प्रकाशित: Dec 03, 2022| 14:59 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...