सोमबार, भदौ ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन परिणामले स्थापित राजनीतिक दलमाथि प्रश्न उब्जायो : राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना

निर्वाचन परिणामले स्थापित राजनीतिक दलमाथि प्रश्न उब्जायो : राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना

लोकतन्त्रमा नागरिकलाई दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता भए पनि निर्वाचन परिणामले दलहरूको भविष्यप्रति घन्टी बजाएको अध्यक्ष तिमिल्सिनाको तर्क।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम मुलुक र राजनीतिक दलका लागि लाभदायी नभएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले स्थापित दलमाथि नै प्रश्न उठ्ने किसिमको निर्वाचन परिणाम मुलुकका लागि हितकर नभएको बताएका हुन्।

ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन राजनीतिक दल बलियो हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘लोकतन्त्रमा नागरिकलाई दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता छ। तर जे परिणाम आएको छ, त्यो सुखद होइन। स्वतन्त्र पनि पार्टी भएको छ एउटा। तर त्यसमा पार्टीभन्दा पनि स्वतन्त्र भन्ने शब्दका कारण जनमत गएजस्तो देखियो। यसले दलहरूको भविष्यप्रति घन्टी बजेको छ।’ सचेत समुदायले राजनीतिक दललाई सच्याउन सके मात्रै गणतन्त्र सुदृढ हुने उनको धारणा छ।

प्रकाशित: Dec 03, 2022| 14:36 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...