सोमबार, भदौ ९, २०८२

माओवादी केन्द्रको बैठक बस्दै, चुनावी समीक्षा हुने

चुनावी समीक्षा गर्न नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ। महासचिव देव गुरुङले आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिएका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- चुनावी समीक्षा गर्न नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ। महासचिव देव गुरुङले आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिएका छन्।

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो। दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव गुरुङले बताए।

माओवादी केन्द्रको पदाधिकारीमा २१ जना छन्। त्यसमध्येमा १० जना निर्वाचनमा भाग लिएका थिए। तीमध्ये ५ जना निर्वाचित हुँदा अन्य ५ जना पराजित भएका छन्।

प्रकाशित: Dec 03, 2022| 10:19 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...