सोमबार, भदौ ९, २०८२

निर्वाचनको सबै काम २६ मंसिरमा सकिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताएका हुन्।

मंसिर १९ गतेसम्ममा मतगणना सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको नाम पठाउनका लागि पत्राचार गरिने उनले उल्लेख गरे। त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उनले बताए।

चार मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अझै सकिएको छैन। प्रदेशसभातर्फको गणना सकिए पनि प्रतिनिधिसभाका तीन क्षेत्रको गणना जारी छ भने समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: Dec 02, 2022| 18:13 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...