सोमबार, भदौ ९, २०८२

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार : नेकपा एस

पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका हुन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्कालै नेकपा माओवादी केन्द्रसँग एकता हुने खबर निराधार रहेको बताएको छ। शुक्रबार पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका हुन्।

दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको बताउँदै महासचिव भुसालले भने, ‘यो पूर्णतः निराधार हो। यसमा कुनै सत्य छैन।’

पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको भुसालको आरोप छ। ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक छ भन्नेमा हामी प्रस्ट छौं। तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही भएको छैन। हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Dec 02, 2022| 16:35 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...