मंगलबार, भदौ १०, २०८२

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता सहकार्यबारे छलफल

बिहीबार दिउँसो आपसी सहकार्यको प्रस्ताव बोकेर राउत बालुवाटार पुगेका थिए। भेटमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बिहीबार दिउँसो आपसी सहकार्यबारे छलफल गर्न राउत बालुवाटार पुगेका थिए। भेटमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए। 

भेटघाटमा दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

'प्रधानमन्त्री देउवाले सहकार्यको प्रस्ताव गर्नुभएपछि अध्यक्ष डा राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जनालगायतका एजेन्डा उठाउनु भएको छ,' नेता साहले भने, 'दुवै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा पुगिएको छैन। थप छलफल गर्ने सहमति भएको छ।'

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा राउतले प्रतिक्रिया दिएको बताइएको छ।

पहिलो पटक चुनावमा गएका राउत सप्तरी-१ बाट निर्वाचित भएर आएका छन्। मतगणनाको अन्तिम चरणमा आइपुग्दा उनको दल जनमतले समानुपातिकतर्फ पनि थ्रेसहोल्ड (३ प्रतिशत मत) कटाउन सक्ने भएकाले राष्ट्रिय दल बन्ने देखिएको छ छ। थ्रेसहोल्ड कटाएर ४ सिट पाएको खण्डमा सीकेको दलबाट ५ जनाले संसदीय यात्रा तय गर्ने सम्भावना छ। 

मतगणना चलिरहेको अवस्थामा नेपाली कांग्रेस अग्रस्थानमा छ। गठबन्धनको समेत नेतृत्व गरिरहेकाले निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने अनुमान गर्न थालिएको छ। यद्यपि निर्वाचन आयोगले अन्तिम मतपरिणाम र संसदमा प्रतिनिधित्व गर्ने संख्या निर्धारण गर्न बाँकी छ। 

प्रकाशित: Dec 01, 2022| 18:23 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...