मंगलबार, भदौ १०, २०८२

झलनाथ खनाललाई जनमत स्वीकार्न एमालेको आग्रह

खनालले इलाम १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाउँदै कर्मचारीसँग मिलेर आफूलाई हराएको बताएपछि एमालेले यस्तो चेतावनी दिएको हो।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई जनताको अभिमत स्वीकार्न र जथाभावी नबोल्न चेतावनी दिएको छ। खनालले इलाम १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाउँदै कर्मचारीसँग मिलेर आफूलाई हराएको बताएपछि एमालेले यस्तो चेतावनी दिएको हो। 

खनालले निर्वाचनमा पराजित भएपछि हतास मानसिकता बोकेर जथाभावी अभिव्यक्ति दिएको एमालेको आरोप छ। एमालेले लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पनि खनाललाई सुझाएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा इलाम १ को मतदान प्रक्रियादेखि नै सत्ता गठबन्धनका उम्मेदवार खनालले लगाएको आरोपप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले बताएको छ। 

‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भएर प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रियासम्मत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैंमा अलोकतान्त्रिक प्रवृत्ति हो’, एमालेले भनेको छ, ‘अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्डमाथिकै हमला हो।’

एमाले इलामले निर्वाचन प्रचार–प्रसारका क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै एमाले उम्मेदवार एवं पार्टीका अन्य नेता, कार्यकर्ताको मोबाइल ट्रयाकिङ गरेको आरोप लगाएको छ।

‘एमालेको जनाधार भएको माईजोगमाई गाउँपालिका– ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुस्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन, जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभीष्ट थियो, जुन पूरा हुन सकेन,’ एमालेले विज्ञप्तिमा भनेको छ।

प्रकाशित: Dec 01, 2022| 15:53 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...