मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि कांग्रेसकै नेतृत्वमा सरकार : शेखर कोइराला

निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि कांग्रेसकै नेतृत्वमा सरकार : शेखर कोइराला

संसदीय दलमा सभापति शेरबहादुर देउवाको वर्चस्व भए पनि पार्टीभित्र नेता छनोटको निर्वाचनमा प्रयास गरिने नेता कोइरालाको धारणा।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले निर्वाचनमा सन्तोषजनक परिणाम नआए पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो बताएका हुन्। 

संसदीय दलमा सभापति शेरबहादुर देउवाको वर्चस्व भए पनि पार्टीभित्र नेता छनोटको निर्वाचनमा प्रयास गरिने उनको धारणा छ। उनले भने, ‘संख्यामा हेर्दा शेरबहादुरजीकै वर्चस्व देखिन्छ। अब हामी कसरी अगाडि बढ्ने भन्नेमा पार्टी सभापति शेरबहादुरजीसँग कुरा गर्छु। अन्य साथीहरुसँग पनि कुरा गर्छाैं।’

कोइरालाको समूहबाट प्रत्यक्ष निर्वाचन जितेका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। तर कोइरालाले यसबारे कुनै प्रतिक्रिया दिएनन्।

उनले भने, ‘संसदीय व्यवस्थामा नेतृत्व लिनेले सदस्य संख्यामा भर पर्नुपर्छ। हामीले कोसिस गर्ने हो। संसदीय नेताको चुनावमा पराजित भए पनि शिथिल भएर बस्ने होइन। हाम्रा एजेन्डा छँदै छन्, तिनलाई अगाडि बढाउने हो।’ संसदीय दलको नेतामा दाबी गरिरहेका नेता थापासँग फोनमा मात्रै कुरा भएको उनले बताए।

प्रकाशित: Dec 01, 2022| 12:05 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...