मंगलबार, भदौ १०, २०८२

एमालेको विजय जुलुसमा ढुंगामुढा

एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ। एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो। जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका–९ छाताबेलीमा झडप भएको छ।

ढुंगा लागेर एमाले कार्यकर्ता लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन्। एक्कासि ढुंगामुढा भएपछि केही बेर सो क्षेत्र तनावग्रस्त बनेको प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए। घाइतको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुहबी ९ नम्बरका वडाध्यक्ष तथा सुनसरी ३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घरनजिक पुगेको विजय जुलुसमाथि आक्रमण गरिएको एमालेले सुनसरीले बताएको छ।

प्रकाशित: Nov 30, 2022| 16:50 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...