मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा शून्य परिणाम आएपछि मागियो कांग्रेस जिल्ला नेतृत्वको राजीनामा

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा शून्य परिणाम आएपछि मागियो कांग्रेस जिल्ला नेतृत्वको राजीनामा

निर्वाचनमा पराजित भएपछि रुपन्देही कांग्रेसका विभिन्न समितिमा आबद्ध कार्यकर्ताले हारको जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा मागेका हुन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा धेरै सिट जितेको नेपाली कांग्रेस रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा पराजित भएको छ। निर्वाचनमा पराजित भएपछि रुपन्देही कांग्रेसका विभिन्न समितिमा आबद्ध कार्यकर्ताले हारको जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा मागेका हुन्।

यसअघि २०७४ मा वाम गठबन्धनविरुद्ध राप्रपासँग तालमेल गर्दा पनि ४ र ५ मा विजयी कांग्रेस विजयी भएको थियो। तर यस पटक गठबन्धन गर्दासमेत रुपन्देहीमा एक सिटसमेत नजितेपछि कांग्रेस कार्यकर्ताले जिल्ला नेतृत्वले  राजीनामा दिनुपर्ने माग गरेका छन्। गृहमन्त्री खाण पराजित भएपछि उनी निकट कांग्रेस कार्यकर्ताले पार्टीभित्र अन्तरघात भएको दाबी गरेका छन्। तर खाणविरोधी कांग्रेस कार्यकर्ताले भने पार्टीभित्र विवाद सिर्जना गर्न यस्तो हौवा फैलाइएको भन्दै प्रतिरोध गरेका छन्। 

बुधबार कांग्रेसका विभिन्न समितिमा आबद्ध व्यक्तिले विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सर्त अगाडि सारेका छन्।

कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधि खगेन्द्र रिजाल, रत्नबहादुर पौडेललगायतले विज्ञप्ति निकाल्दै पार्टीभित्र अन्तर्घात गरिएको भन्ने आरोपको खण्डन गरेका छन्।

प्रकाशित: Nov 30, 2022| 16:35 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...