मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनमा पराजय बेहोर्नुको समीक्षा प्रतिवेदन पार्टी मुख्यालय पठाउन जसपाको निर्देशन

निर्वाचनमा पराजय बेहोर्नुको समीक्षा प्रतिवेदन पार्टी मुख्यालय पठाउन जसपाको निर्देशन

जसपाले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको हो।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पराजित हुनुपर्ने कारणसहित १५ दिनभित्र प्रतिवेदन पार्टी मुख्यालय पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ। 

जसपाले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको हो। जसपाले एमालेसँग तालमेल गरेर चुनाव लडेकामा प्रत्यक्षतर्फ ७ सिट जितेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भए।

अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न निर्देशन दिएका छन्। निर्वाचन क्षेत्रका उम्मेदवारलाई सहभागी गराई चुनावी समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन यादवले निर्देशन दिएका हुन्। समीक्षा सत्यतथ्यमा आधारित र पूर्वाग्रहरहित हुनुपर्ने अध्यक्ष यादवको भनाइ छ।

प्रकाशित: Nov 30, 2022| 13:36 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...