मंगलबार, भदौ १०, २०८२

प्रतिस्पर्धी उम्मेदवारसँग प्रदीप पौडेलको छलफल

काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन्। छलफलमा काठमाडौं ५ का उम्मेदवारहरू सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश केसी, मधुसुदन पाठक, विनिता अर्यालको उपस्थिति रहेको थियो।

सहभागी उम्मेदवारले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात्  छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नोतर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौं ५ मा सहभागी भएका सबै उम्मेदवारहरूका सल्लाह र सुझावका आधारमा आफू अघि बढ्ने बताए। आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित: Nov 30, 2022| 08:38 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...