मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी समीक्षा प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई नेकपा एसको निर्देशन

चुनावी समीक्षा प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई नेकपा एसको निर्देशन

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि  केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी गराइएको महासचिव डा वेदुराम भुसालले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकले यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सबै सदस्यलाई बधाई ज्ञापन गरेको छ। बैठकले निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल र निर्वाचनमा खटिएका सबैलाई धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित: Nov 29, 2022| 21:10 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...