काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हिन्दू राष्ट्रको एजेन्डा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
निर्वाचन परिणामबाट राष्ट्रवादी विचारधारा र सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको एजेन्डा कमजोर भएकोप्रति मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चिन्ता व्यक्त गरेको हो।
राप्रपा नेपालले निराशाजनक परिणाम भोग्नु परेपनि जनताको अभिमतलाई सम्मान गर्ने उल्लेख गरेको हो।
चुनावमा पराजयको वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्बर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायम रहेको बताएको छ।