मंगलबार, भदौ १०, २०८२

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको प्रफुल्लित तस्बिर सेयर गरिन्। क्याप्सनमा लेखिन्, ‘तस्बिरमा सन्देश छ।’

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

यद्यपि, रामकुमारीले सार्वजनिक गरेको उक्त तस्बिरले बाम एकताबारे कुनै सन्देश दिन खोजेको होइन। ‘उहाँहरू चुनाव सकेर काठमाडौं फर्किन लाग्नुभएको रहेछ। म काठमाडौंबाट फर्किएर गुल्मीका जनतालाई धन्यवाद दिन जाँदै थिएँ। भैरहवा विमानस्थलमा भेट भएपछि तस्बिर लिउँ भनेर यसै लिएको मात्रै हो,’ तस्बिरबारे उनले भनिन्।

भर्खरै सम्पन्न निर्वाचनमा झाँक्री गुल्मी–२ बाट नेकपा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन्। 

प्रकाशित: Nov 28, 2022| 13:33 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...