मंगलबार, भदौ १०, २०८२

रामचन्द्रलाई माधव नेपालले देखाए प्रधानमन्त्रीको ललिपप

नेता नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अबको प्रधानमन्त्री तपाईं नै हुने हो भनेर पौडेललाई दिए ढाडस।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा राजनीतिक दलका नेताहरु प्रधानमन्त्रीको दौडमा लम्किन थालेका छन्। सत्ता गठबन्धनभित्र सभापति शेरबहादुर देउवालाई रुचाइएकाले कांग्रेसका अन्य नेताहरु प्रधानमन्त्रीमा सहयोगको याचनासहित गठबन्धनका नेतादेखि प्रतिपक्षी नेतासमेतलाई भेट्न थालेका छन्।   

सोमबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। नेता नेपालको कोटेश्वर निवास पुगेका पौडेलले अबको प्रधानमन्त्रीका लागि लाइन मिलाइदिन माधव नेपाललाई आग्रह गरेका छन्।

भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको छ। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन्। नेता नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अबको प्रधानमन्त्री तपाईं नै हुने हो भनेर पौडेललाई ढाडस दिएका छन्। त्यसका लागि सहयोग गर्ने वचन नेता नेपालले पौडेललाई दिएको बताइएको छ।

प्रकाशित: Nov 28, 2022| 11:40 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...