मंगलबार, भदौ १०, २०८२

यी हुन् प्रदेशसभाबाट प्रतिनिधिसभा उक्लिएका भाग्यमानी सांसद

२०७४ को प्रदेशसभामा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका पृथ्वीसुब्बा गुरुङ, महेन्द्रबहादुर शाही, राजेन्द्र पाण्डेदेखि लिएर प्रदेश सांसदको अनुभव बटुलिसकेका विभिन्न राजनीतिक दलका उम्मेदवार यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा चुनिए।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं– ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभाको मत गणना जारी छ। पछिल्लो मत गणनाअनुसार प्रतिनिधिसभामा हालसम्म १४७ सिटको छिनोफानो भइसकेको छ। नेपाली कांग्रेसले ५० सिट जितेर पहिलो स्थानमा छ भने एमाले ३८ स्थानमा विजयी भएको छ। यस्तै, नेकपा माओवादीले १६ स्थानमा जित निकालेको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभामा १० सिट जितेको छ। ५ महिनाअघि मात्रै स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित निकालेको छ। 

हालको प्रतिनिधिसभामा निर्वाचित केही सांसदले अघिल्लो पटक प्रदेशसभामा पनि जित निकालेका थिए। २०७४ मा प्रदेशसभा र यस पटक प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार यस्ता छन्ः

डिल्लीराज पन्त

२०७४ मा कैलाली ५(ख) बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त ११ हजार २५३ मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका रमेशसिंह धामीले ९ हजार ४८४ मत ल्याएका थिए।

पन्त गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट २१ हजार ३९२ मत ल्याई विजय भएका छन्। पन्तले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारदमुनि रानालाई १० हजार ७४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पराजित रानाले २० हजार ३१८ मत ल्याए।

भीमप्रसाद आचार्य

२०७४ मा एमालेका भीमप्रसाद आचार्यले सुनसरी २ (क) बाट भीमप्रसाद आचार्य २० हजार २११ मत ल्याई निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिबहादुर कट्वालले १९ हजार ९६४ मत प्राप्त गरेका थिए।

आचार्य ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी २ बाट १९ हजार २ सय २३ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम महतोलाई हराएका हुन्। 

प्रकाश ज्वाला

सल्यान १ (ख)बाट एमालेका प्रकाश ज्वाला १९ हजार ८३६ मत ल्याई प्रदेशसभामा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत ल्याएका थिए।

२०७४ को प्रदेशसभामा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका पृथ्वीसुब्बा गुरुङ, महेन्द्रबहादुर शाही, राजेन्द्र पाण्डेदेखि लिएर प्रदेश सांसदको अनुभव बटुलिसकेका विभिन्न राजनीतिक दलका उम्मेदवार यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा चुनिए।

ज्वालाले गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सल्यान १ मा एकीकृत समाजवादीबाट ३५ हजार ७०० मत ल्याई निर्वाचित भएका छन्। उनी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पराजित शाहले १९ हजार ७८९ मत प्राप्त गरे।

अम्मरबहादुर थापा

२०७४ को चुनावमा चुनावमा दैलेख १(ख) बाट प्रदेशसभामा विजयी भएका थापाले १२ हजार ५६७ मत ल्याएका थिए। ४ मंसिरको चुनावमा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका थापा दैलेख १ बाट निर्वाचित भएका छन्। थापा १८ हजार २५६ मतसहित निर्वाचित भका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रवीन्द्रराज शर्माले १७ हजार ४७ मत ल्याएका छन्। थापाले ८४९ मतान्तरले जितेका हुन्। 

नवलकिशोर साह सुडी

२०७४ मा राजपाका नवलकिशोर साह सुडी सप्तरी १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनले १३ हजार ६४७ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बद्रीनारायण महात्मा यादवले ६ हजार ३३३ मत पाएका थिए। सुडी गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी १ बाट विजयी भएका छन्। प्रदेशमन्त्रीसमेत रहेका उनी २३ हजार ५६४ मत ल्याई निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत ल्याएका  छन्।

राजेन्द्र पाण्डे

२०७४ मा धादिङ १ (क) बाट तत्कालीन नेकपा एमालेबाट राजेन्द्र पाण्डेले २७ हजार ३३२ मत ल्याई बागमती प्रदेशसभामा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मुकुन्द श्रेष्ठले १३ हजार ६४७ मत प्राप्त गरेका थिए। हाल राजेन्द्र पाण्डे एमाले चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन्। पाण्डे नेकपा एसबाट बागमती प्रदेशको मुख्यमन्त्रीसमेत हुन्।

गत ४ मंसिरको निर्वाचनमा धादिङ १ बाट सत्ता गठबन्धनका संयुक्त उम्मेदवार रहेका पाण्डे प्रतिनिधिसभामा विजयी भएका छन्। पाण्डे ३५ हजार ९३४ मत ल्याई विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन्। त्रिपाठीले २७ हजार ९५३ मत ल्याए। 

पृथ्वीसुब्बा गुरुङ

२०७४ मा लमजुङ १ (ख) बाट एमालेका पृथ्वीसुब्बा गुरुङ २३ हजार ८८ मत ल्याई प्रदेशसभामा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १०२ मत प्राप्त गरेका थिए।

गुरुङ गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा  ३४ हजार ९६९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। देवप्रसादले ३१ हजार ७८१ मत प्राप्त गरे। 

मनबहादुर गुरुङ

२०७४ को प्रदेशसभा निर्वाचनमा कास्की १ (ख) बाट एमालेका मनबहादुर गुरुङ १७ हजार २४९ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णबहादुर केसीले १३ हजार १०२ मत ल्याएका थिए।

गुरुङ ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कास्की १ बाट २५ हजार मत ल्याई निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २ हजार ५१९ मतान्तरले पराजित गरेका हुन्। पराजित बरालले २३ हजार १०८९ मत ल्याए।

नारायणप्रसाद आचार्य

२०७४ मा पाल्पा १ प्रदेश (ख) मा एमालेका नारायणप्रसाद आचार्य १७ हजार २४९ मत प्राप्त गरेर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दानबहादुर पछाई क्षेत्रीले १० हजार ५०२ मत ल्याएका थिए।

आचार्य गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पाल्पा १ बाट ३१ हजार १०३ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गाहालाई १० हजार ८०४७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। गाहाले २० हजार २५६ मत ल्याए।

महेन्द्रबहादुर शाही

२०७४ मा कालीकोट १ (ख) बाट प्रदेशसभा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याई  निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए। शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

शाही गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट २३ हजार ८७ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगेन्द्र शाहीले १९ हजार २३० मत ल्याई पराजित भए। 

महेन्द्रबहादुरले ३ हजार ८८४ मतान्तरसहित नगेन्द्रलाई पराजित गरे।

रामकुमार राई

२०७४ मा खोटाङको प्रदेशसभा १ (ख) बाट  रामकुमार राई १८ हजार ३७२ मत प्राप्त गरेर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत ल्याई पराजित भएका थिए। 

राई गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट निर्वाचित भएका छन्। उनले २ हजार ६६९ को मतान्तरसहित निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विशाल भट्टराईलाई पराजित गरेका हुन्। 

राईले ३१ हजार ३५१ मत ल्याए भने निकटतम प्रतिस्पर्धी एमालेका भट्टराईले २८ हजार ६८२ मत ल्याए।

प्रकाशित: Nov 26, 2022| 13:39 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...