बुधबार, भदौ ११, २०८२

चुनावमा सोचेजस्तो परिणाम आएन : प्रचण्ड

चुनावमा एजेन्डाभन्दा आवेग र भावावेगमा देश र मानिसलाई भ्रमित पार्ने संकेत देखा परेकाले राजनीतिक दलमाथि चुनौती थपिएको प्रचण्डको तर्क।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका लागि चुनावी परिणाम सोचेजति नआएको बताएका छन्। शुक्रबार गोरखा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमाणपत्र बुझ्न आएका प्रचण्डले हरमटारी जिविस चोकमा आयोजित  विजयीसभामा यस्तो बताएका हुन्।

प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको प्रतिक्रिया दिए। उनले भने, ‘हाम्रो अपेक्षा पार्टीले अलि धेरै सिट जित्ला भन्ने थियो। अलि भएन भन्ने छ। नसोचेको के–के कुरा भए भन्ने पनि छ। म अहिले काठमाडौं गइहाल्नुपर्ने भयो। देशभर जस्तो चुनावी परिणामको अपेक्षा गरिएको थियो, त्यो अलि भएन भन्ने हो। त्यसका लागि गठबन्धन बैठक गरी जरुरी गृहकार्य गर्नुपर्ने भएको छ।’

गोरखा २ का गाउँ–गाउँ पुगेर केही दिनपछि मात्रै आफूले धन्यवादसभा गर्ने उनले बताए। यो चुनावमा परिवर्तन उल्टाउने चेस्टा भएको प्रचण्डको आरोप छ।

‘एजेन्डाभन्दा आवेग र भावावेगमा देश र मानिसलाई भ्रमित पार्ने संकेत देखापरे। म अहिले कसैलाई दोष वा आलोचना र आरोप लगाउँदिनँ। यो हाम्रा लागि चुनौती हो,’ उनले भने। कुनै पनि हालतमा परिवर्तन उल्टाउन नदिन राजनीतिक नेतृत्वले सोचेर अघि बढ्नुपर्ने बेला आएको प्रचण्डको जिकिर छ।

प्रकाशित: Nov 25, 2022| 14:23 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...