काठमाडौं– महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका हुन्।
भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए। नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत पाएका छन्।